• एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित

    काठमाडौँ, ७ वैशाख

    एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग छ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

    ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य यूएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।

    साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक÷एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो ।

    पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो ।

    त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए ।

    नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई÷दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक÷एक विकेट लिए ।

    नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

    समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

     

  • त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

    काठमाडौँ, ७ वैशाख

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाई एयरलाइन्सको टिजी ३१९ नंको उडानबाट आज नेपाल आएकी भारतीय महिला सहिना प्रभिन रहेकी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले  जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सेतो प्लास्टिकलाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा भित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुनजस्तो देखिने दुई पोका पहेँलो धातु अन्दाजी (प्लास्टिकसहित) आठ सय ५० ग्राम सुनसहित निजलाई पक्राउ गरिएको हो ।”

    यसअघि बिहीबार पनि प्रहरीले विमानस्थलबाट एक किलो ७० ग्राम बेवारिसे अवस्थामा रहेको सुन बरामद गरेको थियो ।

    अर्थ
    २०८१ बैशाख ८, शनिबार ०६:४२ गते

    बैंकहरूको नाफा घट्यो

    काठमाण्डौ बैशाख ७ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरूको नाफा घटेको छ ।…
    main text 2
    २०८१ बैशाख ७, शुक्रबार ०६:४२ गते

    नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    पोखरा, ६ वैशाख पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ ।…
    गण्डकी
    २०८१ बैशाख ५, बुधबार १६:०४ गते

    तनहुँमा ढुङ्गाका आकृतिले तान्दै पर्यटक

    दमौली (रासस ), ५ वैशाख नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक…
    गण्डकी
    २०८० चैत्र २३, शुक्रबार ०९:२६ गते

    मौसम : गण्डकीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ, २३ चैत : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने…
    गण्डकी
    २०७७ असार १५, सोमबार १२:३२ गते

    असार १५, धान दिवस विशेष (फोटो फिचर)

    पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो ।…
    फिचर
    २०७७ असार १२, शुक्रबार ११:३० गते

    नेकपाको बैठक भोलि पुनः बस्ने, अध्यक्ष ओली केमा व्यस्त ?

    काठमाडौं, १२ असार नेकपाको स्थायी समिति बैठक भोलि शनिबार ११ बजे पुनः बस्नेगरी सकिएको छ…
      २०७७ असार १५, सोमबार १२:३२ गते

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      २०७७ जेष्ठ २५, आईतवार ०३:४४ गते

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button