• परिवार नियोजन संघद्वारा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु

    पोखरा, १७ भदौं/ नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार देखि किशोर किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु गरेको छ ।पोखरा महानगरपालिका वडा नं. २५ कार्यालय हेमजाको सहयोग तथा समन्वयमा हेमजास्थित गौरीशंकर माध्यामिक विद्यालयबाट यो अभिायन शुरु गरेको हो ।

    अभियान कास्कीका ४ वटा गाउँपालिका २÷२ विद्यालय तथा कलेज गरी ८ र महानगरका १६ गरी २४ वटा विद्यालय तथा कलेजमा यो अभिायन सञ्चालन गरिने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले जानकारी दिए ।‘यो अभियान स्थानीय सरकार तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग मिलेर गर्ने हामीले लक्ष्य लिएका छौ’ सिग्देलले भने, ‘किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सवालमा यो अभियान सञ्चालन गरिएकोले पनि यो अभियानमा सवैलाई हातेमालो गर्न हामी आग्रह गर्दछौ।’अभियानको पोखरामहानगर पालिकाका प्रवत्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतिलाल तिम्सीनाले शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै तिम्सिनाले यौन तथा प्रजनन् स्वास्थ्यका वारेमा किशोर किशोरीहरुले खुलेर जानकारी लिने थलो यो अभियान हुने बताए ।‘किशोर किशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्यका सावलमा स्थानीय सरकार पनि गभ्भिर भएर लागेको छ’ उनले भने, ‘यो अभियानमा पनि स्थानीय सरकार समन्वय गरेर अगाडि बढ्न सधै तयार छ ।’

    पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलले चासो र जिज्ञासा भएमा स्रोत अभाव नहुने बताउदै अभियानमा स्वास्थ्य महाशाखा हातेमालो गरेर जाने उल्लेख गरे ।प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा राख्न नसक्दा कतिपय किशोर किशोरीहरु मानसिक रोगको शिकार हुने गरेको बताउँदै यस्ता खालका अभियान अहिलेको आवश्यकता भएको बताए ।

    कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल ‘आभाष’ र वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारीले सहजिकरण गरेका थिए । सचेतना मुलक कार्यक्रममा गौरीशंकर माविका करिव १ सय विद्यार्थीको सहभागिता रहेको थियो ।नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा –२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, गौरीशंकर माविका सहायक प्रध्यानाध्यापक मानबहादुर कार्की, नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारीले बोलेका थिए ।

     

     

     

  • पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव हुने

    लेखनाथ,१७ भदौं/ कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीैले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए । कल्बका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने,स्थानीय भाषा, गीत, नृत्य, पोशाक, परम्परा र हस्तकला जस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिहरूलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउँने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर प्रदान गरी आयमा वृद्धि गर्ने अपेक्षा आपूmले गरेको वताए । उनले भरतपोखरीका युवाहरुले संगठित भइ खेलकुद, मनोरञ्जनात्मक गतिबिधि लगायत समग्र शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार वातावरण संरक्षण लगायतका विकास निर्माणका कार्यमा सहजीकरणको भूमिका खेल्न महोत्सव महत्वपूर्ण हुने विश्वास लिएको उल्लेख गरे । महोत्सव सांस्कृतिक, सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले महत्वपूर्ण बनाउन क्लबलाई सुझाव दिए ।

    लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल,निवर्तमान अध्यक्ष कविराज खनाल,स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल,नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मा र पुष्प दाहाल,रेडियो सराङ्गकोटका कमल पौडेल अथक, नेशनल एफ एमका सन्दिप पौडेल,रामशरण नेपाली लगायतका पत्रकारहरुका जिज्ञासाको उत्तर दिंदै क्लबका अध्यक्ष देबेन्द्र सापकोटाले सांस्कृतिक संरक्षण ,सामाजिक एकता, आर्थिक प्रवद्र्धन,पर्यटन आकर्षण, शिक्षा ,चेतनाका लागि महोत्सव गरिन लागेकाले सञ्चारकर्मीैहरुको सहयोगको आशाा गरेका थिए । महोत्सवमा जम्मा १४५ स्टल रहनेमा ७० बढी बुकिङ्ग भैसकेको उनले जानकारी दिए । विभिन्न बस्तु तथा सेवाका स्टलहरुका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा,कृर्षि,बैक बित्तिय, रेष्टुरेण्ट लगायतका स्टलहरु रहने भएका छन् । बालउद्यान , रत्यौली विद्यालयस्तरीय नृत्य रहने आयोजकले जनाए ।

    शुभतारा युवा क्लब सामाजिक, सांस्कृतिक तथा युवकहरूमा चेतना प्रवद्र्धन गर्न २०७० साल स्थापित संस्था हो। स्थापना कालदेखि नै विविध सामाजिक कार्यहरू गर्दै आइरहेको यो क्लबले स्थानीय समाजको विकास, कला, संस्कृति, खेलकुद र युवाहरूको प्रतिभा प्रवद्र्धनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ। भरतपोखरीमा वि सं २०६९ सालमा पनि स्थानीय बरेली युवा क्लबको आयोजनामा प्रथम भरतपोखरी हुँडीकोट महोत्सव सम्पन्न भएको थियो भने यसपटक बाघमारा महोत्सव गर्न लागिएको हो । महोत्सव सम्पन्न गर्न करीव ४० लाख खर्च लाग्ने अनुमान क्लबको रहेको छ ।

     

    फिचर
    २०८२ भाद्र १२, बिहीबार ०७:०१ गते

    आज ऋषि पञ्चमी सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै

    काठमाडाँै/ भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना…
    देश
    २०८२ असार १८, बुधबार ०६:३४ गते

    मनसुनका एक महिनामा ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

    काठमाडौँ/ गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्।…
    फिचर
    २०८२ असार १३, शुक्रबार ०६:४८ गते

    गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्ष र सत्तारुढ सांसदको सरकारलाई प्रश्नैप्रश्न, अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन चुनौती

    पोखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर…
    देश
    २०८२ असार १२, बिहीबार ०६:२२ गते

    फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

    सोलुखुम्बु/ पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल…
    देश
    २०८२ असार ७, शनिबार ०६:३० गते

    त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसंग पराजित

    काठमाडौँ/ त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज घरेलु टोलि स्कटल्यान्डसंग पराजित भएको छ…
    देश
    २०८२ असार ६, शुक्रबार ०६:४५ गते

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    सिरहा-रासस । यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका…
      २०८२ भाद्र १७, मंगलवार २२:२९ गते

      जिसस कास्कीद्वारा उपलब्धि र कार्ययोजना सार्बजनिक

      पोखरा भदौ १७/ जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१( ८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक…
      २०८१ फाल्गुन ६, मंगलवार ०६:४४ गते

      सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

      काठमाडौँ/ चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक…
      २०८१ आश्विन १३, आईतवार ०७:१५ गते

      उद्धार गर्दै नेपाल प्रहरी

      तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । तस्बिरः…
      २०८१ आश्विन १३, आईतवार ०६:५३ गते

      नागरिकको उद्धार गरिँदै

      नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-२ को सितापुर क्षेत्रमा नारायणी नदी बस्तीमा पसेपछि उद्धार गरिँदै । यस क्षेत्रको सितापुर, नन्दपुर, भुताहा, धजाहलगायत…
      २०७७ असार १५, सोमबार १२:३२ गते

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      २०७७ जेष्ठ २५, आईतवार ०३:४४ गते

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button